२६ विधामा प्रदान गरिँदै ‘शिवशक्ति तीज म्युजिक अवार्ड’
अखबार टुडे
प्रकाशित:
२०७९, ७ भाद्र

काठमाडौं । शिवशक्ति तीज म्युजिक अवार्ड–२०७९ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । २०७९ सालमा बजारमा आएका तीज गीतका विभिन्न २६ विधामा आयोजना गरिएको तीज म्युजिक अवार्डमा तीज दोहोरी, मौलिक तीज गीतको अडियो तथा भिडियोमा सम्बन्धित स्रष्टा र सिर्जनाहरु सहभागी भएका छन् ।

अवार्डमा मिक्सिङ, संगीत संयोजन, गायक, गायिका, शब्द, संगीत, भिडियो निर्देशक, मोडल, कोरियोग्राफर, संयुक्त गायन जस्ता विधामा अवार्ड प्रदान गरिनेछ । अवार्डमा सहभागी भएका गीतसंगीतलाई निर्णायक मण्डलको समूहले उत्कृष्ट पाँचको छनौट गरी मनोनयन सार्वजनिक गरिएको कार्यक्रम संयोजक प्रकाश भट्टले जानकारी दिए ।

स्रष्टा कलाकारहरुको बायोग्राफी ग्यालरीका रुपमा स्थापना भएको आर्टिष्ट अफ नेपाल डटकमको प्रस्तुतिमा भएको यो तीज म्यूजिक अवार्ड आगामी भाद्र ११ गते काठमाडौंको बिजी बैंकट नयाँबसपार्कमा सम्पन्न हुनेछ ।

अवार्डमा गीतसंगीत क्षेत्रमा विशिष्ट योगदान पु¥याएका तीन गायिका लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ र शीला आलेलाई ‘शिवशक्ति तीज म्यूजिक अवार्ड त्रिरत्न नारी सम्मान’ र पत्रकार तथा गायिका अनिता विन्दुलाई ‘आर्टिष्ट अफ नेपाल कला पत्रकारिता सम्मान’बाट सम्मिानित गरिने आयोजक अध्यक्ष सबिता पोखरेलले जानकारी दिएकी छन् ।

प्रतिक्रिया