काठमाडौं, ७ भदौ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन आफूले निर्देशन नदिएको दाबी गरेका छन् ।
आज बिहान जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यादवले राउतलाई हटाउने योजना नभएको बताए ।
उनले भने, ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन । मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन ।’
उपेन्द्र यादवले हिजो मात्रै (मंगलबार) केही सन्चारकर्मीसँग आफूले मुख्यमन्त्रीलाई हटाउन निर्देशन दिएको खबर प्रकाशीत भएको थियो । मुख्यमन्त्री राउत निकट स्रोतले त्यसलाई पुष्टि गरेको पनि बताइएको थियो ।
मुख्यमन्त्री स्वच्छता अभियान र बेटी बचाऊ, बेटी पढाऊ अभियानमा भएको अनियमितता सार्वजनिक भएपछि यादवले मुख्यमन्त्री यादवलाई राजीनामा दिन निर्देशन दिएका थिए ।