उपत्यकामा नेपाल बन्दको आंशिक प्रभाव, १८ जना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, ७ भाद्र

कामाडौं, ७ भदौ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्टसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव आशिंक परेको छ ।

मंगलबार नेपाल बन्दको घोषणा गरेको भएपनि काठमाडौं उपत्यका र देशभर न्यून प्रभाव परेको हो ।

सवारी साधनहरु काठमाडौं उपत्यकामा यतिबेला सञ्चालनमा आइरहेका छन् । आज बिहान भने केही कम सवारीसाधन मात्रै सञ्चालनमा थिए ।

बन्दको घोषणापछि बिहानैबाट प्रमुख चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

सरकारसँग वि.सं. २०७७ फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग गर्दै विप्लव नेतृत्वको नेकपाले आजका लागि देशव्यापी बन्दको घोषणा गरेको थियो ।

पार्टीले अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज हुनुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायत माग राखेर बन्दको घोषणा गरेको हो ।

काठमाडौं उपत्यकामा बन्दको प्रभाव खासै नदेखिएपनि विहान केही सवारी साधनमा सवारीसाधन तोडफोड भएको बतइएको छ । र देशको विभिन्न ठाउँमा शंकास्पद वस्तु फेला परेको बताइएको छ ।

यसैबीच, प्रहरीले उपत्यकाबाट शंकास्पद गतिविधि गर्ने १८ जना बन्दकर्तालाई पक्राउ गरेको छ ।

उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिए ।

उका अनुसार काठमाडौंको वानेश्वर, कोठेश्वर , सुन्धारा , मंगलबजार, मालीगाँउ, स्वयम्भु, एरियाबाट बन्दकर्ता प्रकाउ गरिएको हो । उनीहरुलाई अहिले नजिकैको प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया