एउटै घोषणापत्रमा चुनाव लड्न प्रचण्ड र माधव सहमत, पार्टी एकताबारे छलफल
अखबार टुडे
प्रकाशित:
२०७९, ६ भाद्र

काठमाडौं, ६ भदौ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ ।

हात्तिवनस्थित एक घरमा अध्यक्ष द्वय पुष्पकमल दहाल प्रचण्ड र माधव कुमार नेपालबीच भएको छलफलमा छिट्टै पार्टी एकता संयोजन समिति बनाउने समहति भएको हो ।
एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकताका लागि संयोजन समिति बनाउने निर्णय यसअघि गरिसकेको थियो ।

छलफलमा आगामी प्रदेश र प्रतिनिधि निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जान समेत दुवै दल सहमत भएका छन् । आउँदो चुनावी रणनीति, सिट बाँडफाँट, कांग्रेससँगको तालमेल, अरु दलसँगको गठबन्धनलगायत विषयमा कुराकानी भएको थियो ।

बैठकले बाबुराम भट्टराई र वामदेव गौतमको विषयमा पनि छलफल गरेको थियो । माओवादी केन्द्रले यसअघि नै बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्हबाट चुनाव लड्न अनुमति दिइसकेको छ ।

प्रतिक्रिया