बीबीएल ड्राफ्टमा क्रिकेटर खकुरेलको देश क्यानडा राखिएपछि…
अखबार टुडे
प्रकाशित:
२०७९, ६ भाद्र

काठमाडौं, ६ भदौ । अस्ट्रेलियामा आयोजना हुने बिग बास लिग (बीबीएल)का लागि विदेशी खेलाडीको ड्राफ्टमा नेपाली क्रिकेटर सुवास खकुरेल पनि परेका छन् ।

तर आयोजक बीबीएलले सोमबार सार्वजनिक गरेको लिस्टमा उनको देश भने क्यानडा राखिएको छ । खकुरेलसँगै क्यानडाबाट दुई खेलाडीलाई बीबीएल ड्राफ्टमा राखिएको छ ।

आफू क्यानडाबाट बीबीएल ड्राफ्टमा परेपछि नेपालको राष्ट्रिय टिमबाट खेल्दै आएका खकुरेलले गल्तीका कारण देशमा क्यानडा उल्लेख हुनु पुगेका बताए ।
उनले भने, ‘गल्तीका कारण देशमा क्यानडा उल्लेख हुनु पुगेको रहेछ । क्रिकेट संघको छोटकरी नाम क्यान हुन्छ । क्यानडाको नि छोटकरी रुपमा लेख्दा क्यान हुन्छ । नेपालको क्यानलाई क्यानडाको क्यान बुझेकोले त्यसो भएको हो।’

बीबीएलको १२औं संस्करण डिसेम्बर १३ मा सुरु हुँदैछ । ड्राफ्ट यही अगष्ट २८ मा हुनेछ । नेपालका कप्तान सन्दीप लामिछानेको नाम पनि ड्राफ्टमा समावेश छ ।

प्रतिक्रिया