काठमाडौं महानगरले अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा सञ्चालित पसल हटाउँदै
अखबार टुडे
प्रकाशित:
२०७९, ६ भाद्र

काठमाडौं, ६ भदौ । काठमाडौं महानगरपालिकाले ’अन्डरग्राउन्ड पार्किङ’ क्षेत्रमा सञ्चालित पसल हटाउन थालेको छ ।

घर तथा भवनको नक्सा पास गर्दा ’अन्डरग्राउन्ड पार्किङ’ को नक्सा पास गरे पनि ती क्षेत्रमा अटेर गरेर अझै पसल सञ्चालन गरेको पाइएपछि महानगरले हटाउन थालेको हो ।

सवारी साधनको पार्किङ गर्ने अनुमति लिई ती ठाउँमा व्यापार तथा व्यवसाय सञ्चालन भएका ठाउँ खाली गर्न महानगरले यसअघि नै सूचना प्रकाशित गरेर समय दिएको थियो ।

साउन १ गते महानगरले ३५ दिने सूचना जारी गरेर घर तथा भवन निर्माण गर्दा पास भएको नक्सा अनुसार अण्डरग्राउण्डलाई प्रयोग गर्न निर्देशन दिएको थियो ।

आजदेखि महानगरले बानेश्वरलगायत क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा रहेका पसल हटाउन सुरू गरेको छ । मेयर बालेन शाहसहित टोली आज ’अन्डरग्राउन्ड पार्किङ’ क्षेत्रको अनुगमनमा पुगेका छन् ।

प्रतिक्रिया