शौच गराउँदा एक किलो सुन निस्किएपछि…
प्रकाशित:
२०७९, ५ भाद्र
काठमाडौं, ५ भदौ । प्रहरीले एक भारतीय नागरिकलाई शौचालय गराउँदा एक किलो सुन निस्किएको छ ।
शनिबार दुबईबाट काठमाडौं आएका भारतीय नागरिक ३१ वर्षका राहुल रेमानानले गतिविधि शंकास्पद देखिएपछि प्रहरीले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स–रे गर्दा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएको थियो ।
त्यसक्रममा प्रहरी वृत्त गौशालामा लगेर शौच गराउँदा मलद्वाराबाट बेलनाकारको सुनको चार वटा पोका फेला परेको र त्यो झन्डै एक किलो रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्रीले भने- बीआरआईअन्तर्गत गरिएका सम्झौता अनुसार नेपालले पाउने सबै रकम अनुदान हो
माओवादी बैठक : पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष
दक्षिण कोरियाली राष्ट्रपतिमाथि महाभियोग, आरोप के छ ?
मञ्जु पौडेलको ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक
‘एआईले झुटो सूचना ल्याउँछ भन्ने डर सत्य साबित भएको छैन’