तीन दिन पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७९, ५ भाद्र

काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसले प्रदीप गिरिको निधनको शोकमा तीन सम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

यस्तै, सोमबार केन्द्र र मातहतका सबै कार्यालय बन्द गर्ने र १३ दिनसम्म कार्यालयहरुमा शोक पुस्तिका राख्ने पनि कांग्रेसले निर्णय गरेको छ । १६ गते केन्द्र र सबै जिल्लामा शोक सभा गर्ने भएको छ ।
कांग्रेस सांसद गिरिको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया