प्रतिनिधिसभा बैठक स्थगित
प्रकाशित:
२०७९, ५ भाद्र
काठमाडौं, ५ भदौं । आज आइतबार बस्न भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदिप गिरिको निधनका कारण बैठक स्थगित भएको हो ।
संसद सचिवालयले आजै शोक प्रस्ताव पारित गरेर बैठक अघि बढाउने तयारी गरे पनि प्रमुख विपक्षी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटालाई गिरिको अन्तिम संस्कार नभई शोक प्रस्ताव पारित गर्नु राम्रो नहुने सुझाव दिएपछि बैठक स्थगित गरिएको बताइएको छ ।
नेता गिरिको अन्तिम संस्कारअघि श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा पार्थिव शरीर राख्ने र साँझसम्म संस्कार हुने भएकाले बैठक स्थगित गरिएको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा सत्य
निरुपण तथा मेलमिलाप आयोग तथा बेत्तपा पारिएको व्यीक्तको छानविन आयोग सम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार