सोमालियाको हयात होटलमा आतङ्वादी आक्रमण, कम्तिमा दशजना मारिए
अखबार टुडे
प्रकाशित:
२०७९, ४ भाद्र

मोगादिसु, ४ भदौ (एजेन्सी) । सोमालियाको राजधानी मोगादिसुस्थित हयात होटलमा आतङ्वादी समूह अल–शबाबले गरेको आक्रमणमा राजधानीको एक होटलमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा १० जना मारिएका छन् भने कैयौँ घाइते भएका छन् ।

घटनास्थलबाट बालबालिकासहितका अन्य धेरैलाई उद्धार गरिएको प्रहरी तथा प्रत्यक्षदर्शीहरूले बताएका छन् । यद्यपि घटनाको विस्तृत विवरण आइसकेको छैन । हतियार बोकेका अल–शबाबका आक्रमणकारीहरूले होटल भवनमा प्रवेश गर्नुअघि बाहिर विष्फोटसँगै आक्रमण सुरु गरेका थिए । शनिबार बिहान पनि बन्दुकको आवाज सुनिएको थियो ।

होटलमा लुकेका आक्रमणकारीहरूलाई सुरक्षा फौजले नियन्त्रणमा लिने प्रयास गरेका भए पनि कतिजना आक्रमणकारी त्यहाँ छन् भन्ने स्पष्ट भएको छैन । इस्लामिक चरमपन्थी समूह अल–शबाबले आक्रमणको जिम्मेवारी लिएको छ ।

होटलको स्वागतकक्ष बाहिर भुइँमा आफूले धेरै शव देखेको उद्धार गरिएका एकजनाले बताएका छन् । आक्रमणमा मारिएकाहरूको परिचय पनि खुलाइएको छैन ।

प्रतिक्रिया