रक्सी पिएर नाचेको भिडियो लिक भएपछि फिनल्याण्डकी प्रधानमन्त्री विवादमा
अखबार टुडे
प्रकाशित:
२०७९, ३ भाद्र

काठमाडौं, ३ भदौ (एजेन्सी) । फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनले पार्टीमा रक्सी पएिर नाचेको भिडियो लिक भएपछि विवादमा तानिएकी छन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनी रक्सी पिएर आफ्ना साथीहरूसँग नाचिरहेको देखिएकी छिन् । यो भिडियोलाई लिएर फिनल्याण्डमा विवाद सुरु भएको हो ।

भिडियो लिक भएपछि सना मरिनलाई तथानाम भन्न सुरु गरेका छन् । विपक्षी नेताहरूले प्रधानमन्त्री सान्ना मारिनले साथीहरूसँग पार्टीमा लागुऔषध सेवन गरेको आरोप लगाउँदै परीक्षणको माग गरेका छन् ।

यद्यपि, सना मरिनले पार्टीमा आफूले रक्सी मात्रै सेवन गरेको बताएकी छिन् । साना मरीनले लागुऔषध सेवन गरेको कुरा अफवाह भएको बताइन् ।

उनले भनिन्, ‘म मेरा साथीहरूसँग थिएँ । हाम्रो पार्टी थियो । मैले नाचगान गरे पनि ड्रग्स कहिल्यै लिएको छैन । मसँग लुकाउन केही छैन । यो एक निजी भिडियो थियो । यसरी सार्वजनिक गर्नु हुँदैनथ्यो ।’

प्रधानमन्त्री मरिनले आफ्नो भिडियो बनाइरहेको भन्ने थाहा भएको तर यसलाई सार्वजनिक गरिएकोमा आफूलाई दुःख लागेको बताइन् ।

पहिलोपटक इन्स्टाग्राममा पोस्ट गरिएको उक्त भिडियोमा मानिसहरूले तीब्र प्रतिक्रिया दिइरहेका छन् । कतिपयले यसलाई सामान्य भनेका छन् भने कतिपयले साना मरीन फिनल्याण्डको प्रधानमन्त्री बन्न योग्य नभएको प्रतिक्रिया दिएका छन् ।

यसअघि सन् २०२१ मा कोभिड महाव्याधिको बेला पार्टी गरिरहेको तस्बिर भाइरल भए पछि उनी विवादमा तानिएकी थिइन् । उक्त घटनामा मरीनले माफी समेत मागेकी थिइन् ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया