माओवादी केन्द्रको पदाधिकारी आज पनि टुंगो लागेन
अखबार टुडे
प्रकाशित:
२०७९, ३ भाद्र

काठमाडौं, ३ भदौ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पदाधिकारी चयन नगर्दै सकिएको छ ।

शुक्रबार बिहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको नाम सिफारिस गर्ने र बैठकबाट अनुमोदन गर्ने भनिएको थियो ।

तर, शुक्रबारको बैठकमा टुंगोमा पुग्न नसकिएको माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले जानकारी दिए ।

सञ्चारकर्मीलाई जानकारी दिँदै उनले भने, ‘टुंगोमा अझै पुग्या छैन, पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा गम्भीर रुपले छलफल ग¥यौं । पदाधिकारीको विषयमा लगभग टुंगोमा पुगिसकेको छ । सम्भवतः अब बस्ने बैठकले टुंगो लगाउँछ ।’

नेताहरु विभिन्न कार्यक्रममा सरिक हुनुपर्ने र पार्टीको भातृ संगठन वाईसीएलको भेलामा पनि सहभागी हुनुपर्ने भएकाले शुक्रबारको बैठक स्थगित गरिएको महराले जानकारी दिए । अर्को बैठक शनिबार दिउँसो १ बजे बस्ने उनको भनाइ छ ।

प्रतिक्रिया