क्रिप्टोकरेन्सीलाई कानूनी मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट
प्रकाशित:
२०७९, २ भाद्र
काठमाडौं, २ भदौ । डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई कानूनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
क्रिप्टो लगायतका डिजिटल मुद्रालाई कानूनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय खारेज गर्नुपर्ने माग गर्दै अधिवक्ता सागर बराल लगायतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, र नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ । आगामी सोमबार निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने जनाएको छ ।
प्रतिक्रिया