नागरिकता विधेयक खारेज गरौं: राष्ट्रिय जनमोर्चा
अखबार टुडे
प्रकाशित:
२०७९, २ भाद्र

काठमाडौं, २ भदौ । राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक खारेज गर्नुपर्ने बताएको छ ।

बिहीबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि भएको छलफलमा भाग लिँदै जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले विधेयक फिर्ता गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिए ।

नागरिकता मुलुकको अखण्डता र राष्ट्रियतासँग जोडिएको विषय भन्दै उनले विवाह गर्नेवित्तिकै कुनै पनि विदेशी नेपाली नागरिक हुन योग्य नहुने बताइन् ।

उनले वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षको उमेर हद तोक्नै पर्ने बताइन् । नागरिकताका विषयमा व्यापक छलफल गरेर अर्को विधेयक ल्याउनुपर्ने उनको धारणा पनि थियो ।

प्रतिक्रिया