४ बुँदे सहमतिपछि पनि बन्चरेडाँडामा फोहोर विसर्जनमा अवरोध
अखबार टुडे
प्रकाशित:
२०७९, २ भाद्र

काठमाडौैं, २ भदौ । बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने सहमति भएको २४ घण्टा नबित्दै फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बिहीबार बिहानैदेखि अवरोध गरेका छन् ।

बुधबार काठमाडौं, नुवाकोट र धादिङका प्रजिअ र सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुबीच फोहोर विसर्जन सम्बन्धमा ४ बुँदे सहमति भएको थियो ।

आज स्थानीयले पक्राउ परेका एक जनालाई छुटाउन माग गर्दै फोहोर बोकेको गाडी अवरुद्ध गरेको हो ।

पार्किङ गरेर राखिएका फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले स्थानीयलाई पक्राउ गरेको थियो ।

आरोपी एक जना स्थानीयलाई निःशर्त रिहाइको माग गर्दै उनीहरु आन्दोलित भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मनान्धरले जानकारी दिए ।

बुधबार भएको ४ बुँदे सहमति पत्रमा सहमतिमा ७ दिनभित्रमा सबै टिपरहरुमा लिचेट नचुहिने व्यवस्था गर्ने, धुलो नियन्त्रण र दुर्गन्ध हटाउन औषधि छर्ने कामलाई प्रभावकारी बनाउने, प्रत्येक ३ दिनभित्र बञ्चरेडाँडा डम्पिङ साइटमा टेपिङ गर्ने काम गर्ने र आसन्न निर्वाचनमा अन्तर जिल्ला अपराध नियन्त्रणका लागि आवश्यक पर्ने सुरक्षा व्यवस्थाका लागि समन्वय गर्ने भनिएको छ ।

सहमति पत्रमा पक्राउ परेकाहरुलाई मौखिक रुपमा उनीहरुलाई छुटाउने प्रशासनले आश्वासन दिएपनि नुछटेपछि स्थानीय बिहानैदेखि आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया