रौतहटमा बस र अटो ठोकियो : ३ जनाको मृत्यु, एक घाइते
अखबार टुडे
प्रकाशित:
२०७९, २ भाद्र

रौतहट, २ भदौं । रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा यात्रुवाहक बसले अटोलाई ठक्कर दिँदा ३ जना यात्रुको मृत्यु भएको छ । चन्द्रपुर–२ लच्कानजिकै बस र अटो रिक्सा आपसमा ठोक्किँएका थिए ।


काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहीबार (आज) बिहान करिब ५ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जनामध्ये ३ जनालाई उपचारक्रमको चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ ।

मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मगरको दुवै खुट्टामा चोट लागेको तथा चन्द्रपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बस तथा चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ ।

प्रतिक्रिया