आफ्नै शब्दमा अनिताको हट अवतार ! (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, १ भाद्र

काठमाडौं, १ भदौं । चर्चित मोडल अनिता लिम्बू गीतकार समेत बनेकी छन् । लण्डनमा बसेर मोडलिङलाई करिअरका रुपमा अगाडि बढाउँदै आएकी अनिताको शब्द तथा संगीतमा ‘ढल्केला ढल्केला’ गीतको भिडियो सार्वजनिक भएको छ । जसमा गायक कमल खत्रीले अनितालाई शब्द र संगीतमा साथ दिएका छन् ।

गायिका अस्मिता अधिकारीको स्वर रहेको यस गीतको भिडियोमा अनिता हट अवतारमा देखिएकी छन् । कुशल श्रेष्ठको सिनेमाटोग्राफी, सम्पादन र निर्देशन रहेको भिडियोलाई अनिताकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोको निर्माण पनि उनैले गरेकी हुन् ।

यस गीतको उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई १० हजार पुरस्कार प्रदान गरिने अनिताले घोषणा गरेकी छन् । जसका लागि भिडियो बनाएर टिकटक एकाउन्ट anitalimbu83 मा इनबक्स गर्ने पर्नेछ । अनिता लण्डनमा पनि चर्चित छिन् । उनी लण्डनमा हुने अधिकांश फेसन शोहरुमा देखिँदै आएकी छन् ।

प्रतिक्रिया