बँदेललाई थापेको पासोमा चितुवा परेपछि…
प्रकाशित:
२०७९, १ भाद्र
बैतडी, १ भदौ । बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो ।
डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार बुधबार बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन् । उनले भने, ‘चितुवाको ढाडमा पासो परेको छ । उद्धारका लागि महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली बैतडी आउँदैछ ।’
उद्धार टोली बेलुकासम्म आइपुग्ने बताइएको छ । उनले भने, ‘त्यतिबेलासम्म नेपाली सेनाको टोलीले चितुवालाई खोरमा हाल्ने प्रयास गर्नेछ ।’
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्रीले भने- बीआरआईअन्तर्गत गरिएका सम्झौता अनुसार नेपालले पाउने सबै रकम अनुदान हो
माओवादी बैठक : पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष
दक्षिण कोरियाली राष्ट्रपतिमाथि महाभियोग, आरोप के छ ?
मञ्जु पौडेलको ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक
‘एआईले झुटो सूचना ल्याउँछ भन्ने डर सत्य साबित भएको छैन’