म झापामै चुनाव लड्छु: विश्वप्रकाश शर्मा
अखबार टुडे
प्रकाशित:
२०७९, १ भाद्र

काठमाडौं, १ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू झापाबाटै चुनाव लड्ने बताएका छन् ।

शर्माले काठमाडौं–५ मा चुनाव लड्ने चर्चा भए पनि आफ्नो प्रेम झापासँगै भएकाले उतैबाट आगामी संसदीय चुनाव लड्ने बताएका हुन् ।

बुधबार ट्विट गर्दै शर्माले लेखेका छन्, फेरि प्रस्ट्याउँ, बागमतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो ! काठमाडौ–५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न !

शर्मा २०७४ मा झापा क्षेत्र नम्बर–१ बाट उठेका थिए। उनी नेकपा माओवादीका नेता राम कार्कीसँग पराजित भएका थिए । त्यसबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर वाम गठबन्धन गरेर चुनाव लडेका थिए ।

प्रतिक्रिया