अर्थमन्त्री शर्माले गरे खुवालङको प्रशंसा
अखबार टुडे
प्रकाशित:
२०७९, १ भाद्र

काठमाडौं, १ भदौ । अर्थमन्त्री जनार्दन शर्माले खुवालुङ (ढुंगाको बाटो) नाटकका पशंसा गरेका छन् ।

खुवालुङ (ढुंगाको बाटो) नाटकले किराँत समुदायको संस्कृती र इतिहाँस झल्काएको अर्थमन्त्री शर्माले बताए ।

मंगलबार मण्डला थीएटरमा नाटक हेरिसकेपछि मन्त्री शर्माले यस्ता नाटकीय प्रस्तुतिले संस्कार, परम्परा, रितिरिवाज, पहिचानको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपाल विभिन्न जातजातिका कला संस्कृतिले धनी भएकाले ती सबैको संरक्षण गर्नु राज्यको दायीत्व रहेको उनले बताए ।

यसैबिच सो अवसरमा नाटक समुहले मन्त्री शर्मालगायत धनकुटाका २ पालिका प्रमुखलाई सम्मान गरेको छ ।

नाटकका लेखक राजन मुकारुङ र निर्देशक किरण चाम्लिङ राईले अर्थमन्त्री जनार्दन शर्मा, धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राया र साँगुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र राईलाई सम्मानसहत खुवालुङको झोला उपहार प्रदान गरे ।

भोजपुरका प्रतिनिधि सभा सदस्या सुदन किराँती, संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, कांग्रेस धनकुटका सभापति दिनेश राई, सचिव विजय सन्तोषी राईलगायत नाटक हेर्न पुगेका थिए ।

प्रतिक्रिया