रवि लामिछाने नेतृत्वको पार्टीले प्रदेश चुनाव नलड्ने
अखबार टुडे
प्रकाशित:
२०७९, १ भाद्र

काठमाडौं, १ भदौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।

केन्द्रीय समितिको बैठकले प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको हो ।

यो निर्वाचनमा संघीय तहको प्रत्यक्ष र समानुपातिकमा उम्मेदवारी रहने रवि लामिछानेले बुधबार जानकारी दिए ।

लामिछानेले भनेका छन्, ‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ । यो निर्वाचनमा हाम्रो उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ ।’

यही संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनुबाहेक केही नभएको उनले बताएका छन् । प्रदेश तहमा सहभागी नहुने कुरा निर्वाचन आयोगलाई आधिकारिक जानकारी गराएको पनि उनले बताए ।

प्रतिक्रिया