मलेसियाद्वारा आप्रवासी श्रमिकका लागि प्रतिबन्ध खुला
अखबार टुडे
प्रकाशित:
२०७९, १ भाद्र

काठमाडौं, १ भदौ । मलेसियाले आप्रवासी श्रमिकलाई अस्थायी रूपमा लगाएको प्रतिबन्ध खुला गरेको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले यसअघि केही समयका लागि नेपालीसहितका आप्रवासी श्रमिक ल्याउन रोक लगाएको थियो ।

मानव संशाधन मन्त्रालयले यही आउने शुक्रबारदेखि पुनः श्रमिक ल्याउन खुला गर्ने निर्णय गरेको हो । यसअघि अगस्ट ३१ सम्म आप्रवासी कामदारको मागपत्र प्रमाणीकरण स्वीकृत नगर्ने जनाएको थियो ।

मलेसिया नेपाली श्रमिकका लागि प्रमुख श्रम गन्तव्य मानिन्छ । पछिल्लो समय मलेसिया सरकारले श्रमिकको आधारभूत पारिश्रमिक वृद्धि गरी एक हजार पाँच सय मलेसियन रिंगेट पु¥याएको छ । जसका कारण मलेसिया जानेको संख्या बढेको छ ।

मलेसियाले अस्थायी रूपमा प्रतिबन्ध लगाउँदा ठूलो असर पर्ने व्यवसायीहरूको गुनासो थियो । कामदार लैजान खुला गर्ने निर्णयसँगै अब नेपाली श्रमिकलाई फाइदा पुग्ने हुने भएको छ ।

प्रतिक्रिया