निहारिका प्रकरण : आरोपी भनिएका शिवराम पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ श्रावण

काठमाडौं, ३१ साउन । निहारिका राजपुत प्रकरणमा आरोपी भनिएका शिवराज श्रेष्ठ पक्राउ परेका छन् । उनलाई मंगलबार साँझ धनुषाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले शिवराम श्रेष्ठलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । उनलाई किन पक्राउ गरिएको हो कारण खुलाइउको छैन । सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपुतले डीएनए टेष्टको माग गरेको कारण उनलाई पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र धनुषा प्रहरीको संयुक्त टोलीले श्रेष्ठलाई धनुषाबाट पक्राउ गरेको हो ।

निहारिकाले आफूमाथि बलात्कार भएको बताउँदै डीएन परीक्षणको माग गर्दै आएकी छन् । उनले शिवराममाथि आरोप लगाउँदै आएका छन् । बलात्कारबाटै बच्चाको जन्म दिएको समेत उनले दाबी गर्दै आएकी छन् ।

करिब १५ दिनदेखि निहारिकाले आफूमाथि बलात्कार भएको भन्दै न्याय माग्दै काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएकी छन् ।
केही दिनअघि मात्र उनले राष्ट्रपति कार्यालयअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास समेत गरेकी थिइन् ।

प्रतिक्रिया