भारतबाट थप घटेर आयो इन्धनको मूल्य
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ श्रावण

काठमाडौं, ३१ साउन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८० पैसा र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ८० पैसाले घटेर आएको हो ।

नेपाल आयल निगमका अनुसार हवाई इन्धनको मूल्य पनि लिटरमा ५ रुपैयाँले सस्तिएर आएको छ ।

भारतबाट सस्तिएर आउँदा पनि घाटा रहेको निगमले जनाएको छ । नयाँ मूल्य पछि निगमलाई १५ दिनमा ३२ करोड रुपैयाँ मात्र घाटा रहने छ ।

अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ । इन्धनको मूल्य लगातार वृद्धि भइरहेका बेला पछिल्लो पटक लगातार तेस्रो पटक घटेर इन्धनको मूल्य घटेर आएको हो । तर यसअघि दुई पटक घटेको मूल्यमा उपभोक्ता मूल्य नघटाएको भन्दै निगमको आलोचना भएको थियो ।

प्रतिक्रिया