इजरायलले थप १ हजार नेपाली कामदार लैजाने
प्रकाशित:
२०७९, ३० श्रावण
काठमाडौं, ३० साउन । इजरायलले थप १ हजार नेपाली कामदार लैजाने भएको छ ।
आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच शिष्टाचार भेटवार्तामा दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको हो ।
छलफलमा इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषि कामका लागि लैजाने विषयमा टुंगो लगाएको बताइएको छ ।
त्यस्तै उनले यसअघि सहायक कामदारका लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनोट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराएका थिए ।
भेटमा मन्त्री कुँवरले गोदेरलाई नेपाली जनतालाई इजरायल सरकाले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार