‘मोडल हन्ट नेपाल २०२२’ को उपाधि मोनिका र विवेकलाई
अखबार टुडे
प्रकाशित:
२०७९, २९ श्रावण

काठमाडौं, २९ साउन । नुवाकोटकी मोनिका अधिकारी र काठमाडौंका विवेक खड्गीले ’जोय मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि जितेका छन् ।

२६ प्रतियोगितालाई पछि पार्दै अधिकारी महिलातर्फ र २४ प्रतियोगीलाई पछि पार्दै खड्गी पुरुष तर्फको विजेता बनेका हुन् ।

उपाधिसहित दुवै जनाले ५ लाख रुपैयाँ नगद बराबरको उपहार पनि जिते । साथै, १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ र ‘मिस्टर अटुरिजम वल्र्ड’ मा क्रमशः अधिकारी र खड्गीले नेपालको प्रतिनिधित्व गर्न पाउने भएका छन् ।

’जोय मोडल हन्ट नेपाल’ले आयोजना गरेको प्रतियोगितामा सम्राट सिंह र मल्लिका फैजु फर्स्ट रनर अप स्मृति श्रेष्ठ र सुरज गोयंका सेकेन्ड रनर अप भए ।

प्रतियोगीताको निर्णायकमा नुतन श्रेष्ठ (मिस्टर नेपाल २०२२), नम्रता श्रेष्ठ (पूर्वमिस नेपाल २०२०), प्रशान्त ताम्राकार (फस्ट म्यानहन्ट इन्टरनेशनल १९९५), अभिमन्यु सिंह तमोर (अन्तर्राष्ट्रिय कोरियोग्राफर), राजभाइ सुवाल (फोटोग्राफर) मदन रौनियार (जोय कस्मेटिक नेपालकमा चियरम्यान) रहेका थिए ।

प्रतिक्रिया