प्रचण्ड-बाबुरामको सहमति : एउटै घोषणा पत्र र चिह्नमा चुनाव लड्ने
अखबार टुडे
प्रकाशित:
२०७९, २९ श्रावण

काठमाडौं, २९ साउन । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच प्रतिनिधि र प्रदेश सभाको चुनावमा एउटै घोषणा पत्र र एउटै चुनाव चिह्न प्रयोग गर्ने सहमति नजिक पुगेका छन् ।

आइतबारको छलफलमा मौखिक समझदारी भएको र सोमबारसम्म लिखित समझदारी बनाइने नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

आइतबार पनि माओवादी अध्यक्ष पुप्षकमल दाहालको निवासमा भट्टराई र समाजवादीका अर्का अध्यक्ष महेन्द्रराय यादवसहितका नेताहरुले छलफल गरेका थिए ।

छलफलमा एउटै चुनाव चिह्न माओवादीले प्रयोग गर्दै आएको ’गोलाकारभित्रको हँसिया हथौडा’ हुनेछ । निर्वाचन आयोगबाट मान्यता पाएको भट्टराई नेतृत्वको नेपाल समाजवादी पाटीको चुनाव चिह्न भने आँखा छ ।

सहमतिबारे दुवै दलले आ–आफ्नो दलमा छलफल गर्ने र औपचारिकता दिनेछन् । त्यसपछि उनीहरु निर्वाचन आयोगमा दल दर्ताका लागि जानेछन् ।

प्रतिक्रिया