काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लाग्यो: हर्क साम्पाङ
अखबार टुडे
प्रकाशित:
२०७९, २९ श्रावण

काठमाडौं, २९ साउन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् ।

काठमाडौंको सडक किनारामा फोहोरको डंगुर देख्दा खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा भएको उनले बताए ।

साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’

धरान उपमहानगरपालिकाको विकास निर्माण सम्बन्धी कामले काठमाडौं साम्पाङले यस्तो टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया