बिमलेन्द्र निधिले धनुषा ३ बाट निर्वाचन लड्ने
अखबार टुडे
प्रकाशित:
२०७९, २९ श्रावण

जनकपुरधाम, २९ साउन । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूले धनुषा क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिने बताएका छन् ।

जनकपुरधामबाट भारतको अयोध्याका लागि धार्मिक यात्रामा गएका १०२ जना यात्रीलाई जानकी मन्दिरको प्रांगणबाट बिदाई गर्दै नेता निधिले सो क्षेत्रबाट निर्वाचन लड्ने घोषणा गरेका हुन् ।

नेता निधिले निर्वाचनमा लोकतान्त्रिक शक्ति एकजुट भई मिलेर जानुको विकल्प नरहेको बताए । लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि ५ दलीय गठबन्धनमा सहभागी गराई सरकारमा समावेश गर्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया