तपाइँलाई धेरै रिस उठ्छ ? नियन्त्रण गर्न यी खानेकुरा खानुस्
अखबार टुडे
प्रकाशित:
२०७९, २८ श्रावण

काठमाडौं, २८ साउन । के तपाईलाई धेरै रिस उठ्छ ? हुन पनि संसारमा सायदै होलान्, जसलाई रिस नउठोस् । रिस भनेको मानिसमा सामान्य हुने उद्वेग हो । यसले अरुलाई भन्दा बढी आफैलाई हानी पु¥याउने गर्दछ । यसलाई नियन्त्रण गरिएन भने अरूलाई होइन, आफैंलाई हानी गर्छ ।

खाना शरीरका लागि हो भनिन्छ, तर अझ बढी यसको सम्बन्ध मस्तिष्कसँग जोडिएको हुन्छ । त्यसैले हामी जतिबेला मनले खाना माग्छ त्यतिबेला खान्छौं । तर, कतिपय मानिस रिस उठ्दा वा दुःखी हुँदा पनि बढी खाना खान्छन् ।

रिस उठेको बेला खाना खानु नराम्रो होइन, तर तरिका नपु¥याइ खाँदा भने शरीरमा बेफाइदा पनि पु¥याउँछ । यस्ता केही खानेकुरा छन्, जुन सेवन गर्दा भने रिस नियन्त्रण गर्न सहयोग पुग्छ ।

सुन्तला
सुन्तलाले रिस कम गर्न मद्दत गर्दछ । यो सुन्दा अनौठो लागे पनि सुन्तलाले रिस नियन्त्रण गर्न मद्दत गर्दछ । यसमा भिटामिन सी, फाइबर र क्यारोटिनोइड्स जस्ता केही एन्टिअक्सिडेन्ट हुन्छन्, जसले डोपामाइनलाई बढाउँछ र मुड स्विङलाई नियन्त्रण गर्छ ।

हरियो सागसब्जी
हरियो सागसब्जी मस्तिष्क र विशेषगरी न्युरोन्सका लागि निकै फाइदाजनक हुन्छ । हरियो तरकारीमा एन्टिअक्सिडेन्ट उच्च हुने हुनाले त्यसले मुडलाई शान्त बनाउन मद्दत गर्छ । सागसब्जीमा पाइने पोषक तत्वले चिन्ता कम गर्न र मांसपेशीलाई आराम दिन्छ । त्यसैले जब रिस उठ्छ काँक्रो, मटर र हरियो सागपात खानुहोस् ।

ओमेगा–३ पाइने खानेकुरा
डिप्रेसनसँग लड्न फ्ल्याक्ससिड, चिया सिड र ओखरमा पाइने ओमेगा–३ फ्याटी एसिडको मात्रा बढाउनुपर्छ । बदाम, काजू र पास्ता जस्ता चीज खान सकिन्छ, जसले शरीरमा ओमेगा–३ फ्याटी एसिड बढाउँछ र रिस नियन्त्रण गर्न मद्दत गर्दछ ।

नरिवल
नरिवलले ग्लुकोजको स्तर कम गर्छ, जसले गर्दा तनाव कम हुन्छ र दिमागमा शान्त प्रभाव हुन्छ । यसका साथै नरिवलको फाइबरले भोक कम गर्न पनि सहयोगी हुन्छ । यसको अतिरिक्त यसमा भएको म्याग्नेसियमले निद्रा बढाउँछ र दिमागलाई शान्त बनाउँछ ।

भिटामिन ‘डी’युक्त खानेकुरा
आफ्नो भिटामिन ‘डी’को स्तर जाँच गर्नुपर्छ। यसको कमीले रिसलाई बढाउन सक्छ । भिटामिन डीको कमी पूरा गर्न माछा, अण्डाको पहेंलो भाग र च्याउ जस्ता खानेकुरा खान सकिन्छ । साथै, डाक्टरको सल्लाह अनुसार सप्लिमेन्ट पनि लिन सकिन्छ ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया