विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि न्यूयोर्कमा सांघातिक आक्रमण
अखबार टुडे
प्रकाशित:
२०७९, २७ श्रावण

काठमाडौं, २७ साउन । विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्यूयोर्कमा सांघातिक आक्रमण भएको छ । भारतमा जन्मिएका चर्चित उपन्यासकार रुस्दीमाथि न्यूयोर्कमा शनिबार आयोजित एक कार्यक्रममा बोल्नेक्रम उनीमाथि आक्रमण भएको समाचार संस्था एपीले जनाएको छ ।

तस्बिर/ एपी

आक्रमणपछि उनी भुइँमा ढलेका थिए । ती आक्रणकारीले सुरुमा रुस्दीमाथि मुक्का हानेको र त्यसपछि घाँटीका छुरा प्रहार गरेको एएफपीले उल्लेख गरेको छ । रुस्दी स्टेजमै ढलेपछि कार्यक्रममा उपस्थित अन्य मानिसहरूले उठाएका थिए ।

रुस्दीलाई उठाउँदै गरेको तस्वीर सामाजिक सञ्जालमा पनि पोस्ट गरिएका छन् । एएफपीका अनुसार प्रहरीले छुरा प्रहार भएको बताएपनि उक्त ब्यक्तिको नाम भने सार्वजनिक छैन । ती आक्रमणकारी न्युयोर्क प्रहरीले नियन्त्रण लिएको बताइएको छ । तर, नाम खुलाइएको छैन ।

रुस्दीको स्वास्थ्यवस्थाको बारेमा तत्कालै जानकारी प्राप्त हुन नसकेको एएफपीले उल्लेख गरेको छ । सलमान रुस्दी सन् १९८१ मा प्रकाशित ‘मिडनाइट चिल्ड्रेन’बाट विश्वप्रसिद्ध भएका थिए । उक्त कृति बेलायतमा मात्रै १० लाख प्रति बिक्री भएको थियो ।

७५ वर्षीय रुस्दीले हालसम्म चार वटा पुस्तक लेखेका छन् । सन् १९८८ मा लेखेका ‘द स्टानिक भर्सेस’का कारण रुस्दी ९ वर्षसम्म भूमिगत बस्न बाध्य भएका थिए । उनले लेखेको पुस्तकले धार्मिक अनादर गरेको भन्दै त्यो बेला उनीविरुद्ध फतवा जारी गरिएको थियो ।

प्रतिक्रिया