चर्चित हास्य कलाकार राजुको अवस्था झनै गम्भीर
अखबार टुडे
प्रकाशित:
२०७९, २७ श्रावण

काठमाडौं, २७ साउन (एजेन्सी) । भारतीय चर्चित हास्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्य अवस्था झनै गम्भीर बनेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार ७२ घण्टा बितिसक्दा पनि उनको स्वास्थ्य अवस्थामा कुनै सुधार जनाएका छैन् ।

उनको दिल्लीको सरकारी एम्स अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ तर उनको अवस्था चिन्ताजनक बनेको हो ।

कार्डियक अरेस्ट (हृदयघात) का क्रममा उनको मस्तिष्कमा ठूलो क्षति पुगेको छ । उनको पल्स ६०–६५ को बीचमा रहेको छ । चिकित्सकका अनुसार राजुको मुटुको एक ठूलो हिस्सामा सय प्रतिशत ब्लकेज रहेको छ । उपचारमा राजुको मस्तिष्कले कुनै प्रतिक्रिया देखाएको छैन् ।

राजु भारतीय राजनीतिक दलका ठूला नेतालाई भेट्न दिल्ली गएका बेला उनलाई हृदयघात भएको थियो । राजु एक होटलको जिममा बुधबार बिहान कसरत गरिरहेका थिए । कसरतका क्रममा राजुलाई हृदयघात भएको थियो । त्यसपछि उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया