काठमाडौं, २७ साउन । सर्वोच्च अदालतले नेपाल आयल निगमका पूर्व कार्यकारी प्रमुख युवराज शर्मालाई भ्रष्टाचार मुद्दामा दोस्रोपटक दोषी ठहर गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुडालको पूर्ण इजलासले शर्मालाई दोषी ठहर गरेको हो । सर्वोच्च अदालतले १० वर्षपछि फैसला सुनाएको हो ।
यसअघि यो मुद्दामा सर्वोच्चको संयुक्त इजलासले फैसला सुनाउँदै शर्मालाई दोषी ठहर गरेको थियो । त्यसविरुद्ध उनले सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका थिए ।
०७२ जेठ १२ गते सर्वोच्चमा पुनरावेदन भएपछि यो मुद्दामा दोस्रोपटक सुनुवाइमा गएको थियो । उनको उक्त निवेदन ७ वर्षसम्म एक पछि अर्को इजलासमा अड्किँदै आएको थियो ।
२०५७ बैशाख २८ गतेसम्म शर्मा निगमको कार्यकारी निर्देशक रहेका उनले पदमा रहँदा भ्रष्टाचार गरेर गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै सर्वोच्चले ५३ लाख ९९ हजार ७८० बिगो र सोही बराबर जरिवाना असुल हुनुपर्ने ठहर गरेको थियो ।
साथै ९ महिना कैद र महाप्रबन्धक जस्तो सार्वजनिक ओहोदाको पदमा रही भ्रष्टाचार गरेकाले थप ३ महिना कैद हुने फैसला सुनाएको थियो ।