सुमी संस्कृतिकाे स्वरमा यस्तो सुनियो ‘तीज आयो’ (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७९, २७ श्रावण

काठमाडौं, २७ साउन । नरहरि प्रेमीको संगीतमा तीज गीत ‘तीज आयो’ बोलको तीज गीतको भिडिओ सार्वजनिक भएको छ । सुमी संस्कृतिको शब्दरचना तथा स्वर रहेको यस गीतको संगीत संयोजन लक्षु प्रकाश मल्लले गरेका हुन् ।

जयराम भट्टको निर्देशन र निरेन श्रेष्ठको कोरियोग्राफीमा छायाङ्कन भएको यस गीतको भिडिओमा सुजन विश्वकर्माको सिनेम्याटोग्राफी र राजकुमारको सम्पादन रहेको छ । भिडिओमा रामचन्द्र अधिकारी, आयुष्मा कार्की, प्राप्ति भट्ट, परमेश्वर दाहाल र युद्ध मगरले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् ।

यस गीतले नारीमाथि हुने विभिन्न खाले पारिवारिक र सामाजिक विभेदका विषयलाई उजागर गरिएको छ ।

प्रतिक्रिया