भुवन केसीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट
अखबार टुडे
प्रकाशित:
२०७९, २६ श्रावण

काठमाडौं, २६ साउन । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुगेको भन्दै अध्यक्षमा आवेदन दिएका अन्य उम्मेदवारले केसीलाई नियुक्त गर्ने ९ साउनको मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै रिट दिएका हुन् ।

विकास बोर्डको अध्यक्षका लागि नौ जनाको नाम अन्तिममा छनोट भएको थियो । तर, मन्त्रिपरिषदको बैठकदले अभिनेता तथा निर्माता केसीलाई अध्यक्षमा नियुक्ती गर्ने निर्णय गरेको थियो ।

विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उत्तीर्ण हुनुपर्ने भएपनि केसीले प्रमाणपत्र तह मात्र उत्तीर्ण गरेकाले नियुक्ति बदरको माग गर्दै उनीहरुले मुद्धा दायर गरेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार उक्त रिटमाथि सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

प्रतिक्रिया