कोरोना संक्रमणबाट ५ जनाको मृत्यु, ८१५ जनामा पुष्टि
अखबार टुडे
प्रकाशित:
२०७९, २६ श्रावण

काठमाडौं, २६ साउन । कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमणबाट मृत्यु भएको हो ।

यस्तै, थप ८१५ जना कोरोना पुष्टि भएको छ । ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार ४११ जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ भने २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया