स्याङ्जा परिवार कोरियाले बालगृहको सहयोगार्थ ‘ए मेरो हजुर-४’ प्रदर्शन गर्दै
अखबार टुडे
प्रकाशित:
२०७९, २६ श्रावण

काठमाडौं, २६ साउन । दक्षिण कोरियास्थित स्याङ्जा परिवार किम्हे बुसान शाखाले यही अगष्ट १४ अर्थात यो आइतबार नेपाली चलचित्र ‘ए मेरो हजुर–४’ प्रदर्शन गर्ने भएको छ ।

नेपालमा व्यवसायी सफलता पाएको यो चलचित्र स्याङ्जा जिल्लाको एक मात्र बालगृहलाई सहयोग गर्ने उद्देश्यले प्रदर्शन गर्न लागिएको बताइएको छ ।

अमोर सेवा नेपालद्वारा संचालित उक्त ालगृह स्याङ्जाको फेदीखोलामा रहेको छ । यस बालगृहको भवन निर्माणका लागि सहयोग गर्ने मुख्य उदेश्यसहित चलचित्र प्रदर्शन गर्न लागिएको स्याङ्जा परिवार किम्हे/बुसान शाखाका अध्यक्ष कमल अर्यालले बताए । उनले सहयोगका लागि च्यारिटी शो गर्न लागिएकाले नजिक रहेका सबैलाई चलचित्र हेर्नका लागि आउन अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया