नुवाकोट र रसुवामा बाढीपहिराको बबण्डर, राजमार्ग भत्किँदा आवत-जावत ठप्प
अखबार टुडे
प्रकाशित:
२०७९, २५ श्रावण

नुवाकोट, २५ साउन । मंगलबार राति अविरल वर्षासहितको बाढीले नुवाकोट र रसुवाका सडक तथा पुलमा क्षति पुर्याउँदा यातायात ठप्प भएको छ । कतिपय स्थानमा धान खेतसमेत पहिरोले बगकाएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीस्थित पासाङ ल्हामु राजमार्ग पहिरोले भत्काउँदा दुईतर्फी सवारी आवागमन ठप्प भएको छ । प्रहरीका अनुसार त्यहाँ वैकल्पिक बाटो बनाउने प्रयास भइरहेको छ । पासाङ ल्हामुमा क्षति पुग्दा गोसाइँकुण्ड जाने पर्यटक र स्थानीयवासी प्रभावित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार तादी नदीमाथि बनेका कतिपय पक्की पुलहरु समेत भत्किएका छन् । पञ्चकन्या गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तादी गाउँपालिका र लिखु गाउँपालिकामा सडक र पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
सडक र पुल भत्किँदा टोखा–छहरे सडकखण्डमा यातायात अवरुद्ध भएको छ । देवीकोटको मन्दिर, खैरहनी पुललगायतमा पहिरोले क्षति पुर्याएको छ । यस्तै, नुवाकोटको दुप्चेस्थित बुद्धभूमि हाइड्रोपावरको ड्याम भत्किएको छ ।

प्रतिक्रिया