तीज गीत : अमेरिका मेरो बुढा छ (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७९, २४ श्रावण

काठमाडौं २४ साउन । नेपाली महिलाहरुको महान पर्व तीज नजिकिँदै गर्दा नयाँ तीज गीतहरु सार्वजनिक हुनेक्रम बढेको छ ।
यसैक्रममा जया देवकोटा र रेजिना परियारको स्वरमा ‘अमेरिका मेरो बुढा छ’ बोलको रोमान्टिक तीज गीतको भिडियो सार्वजनिक भएको छ ।

बिपिन केसीको शब्द, जया देवकोटाको संगीत, कृष्ण केसीको एरेञ्ज, मदन खड्का र शिवजी क्षेत्रीको कोरियोग्राफी, अनिल रानाको सम्पादन रहेको यस तीज गीतको भिडियोमा लोकप्रिय कलाकार शंकर बिसी र उषा सुवेदीको अभिनय रहेको छ भने मदन खड्काले भिडियोलाई निर्देशन गरेका हुन् ।

प्रतिक्रिया