काठमाडौंको फोहोर बोकेका गाडीमा अज्ञात समूहद्वारा तोडफोड
अखबार टुडे
प्रकाशित:
२०७९, २४ श्रावण

काठमाडौं, २४ सउान । काठमाडौंको फोहोर बोकेर बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा गएका गाडीमा तोडफोड भएको छ ।

धादिङ र नुवाकोटको सिमाना नजिकै कोल्पु खोला अगाडि पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपरमा सोमबार राति तोडफोड भएको हो ।

काठमाडौं महानगरपालिकाका अनुसार दुई वटा डोजर, एउटा स्काभेटर र १४ वटा टिपरको सिसा राति अज्ञात समूहले फुटाएको छ ।

सोमबार दिउँसो काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर बन्चरे डाँडामा ४० टिपर फोहोर विसर्जन गराएको थियो । राति अबेर भएपछि फोहोर बोकेका टिपर सशस्त्र प्रहरीको बेस क्याम्प नजिकै रहेको क्षेत्रमा पार्किङ गरेर राखिएका थिए ।

काठमाडौंको फोहोर व्यवस्थापनमा पुनः समस्या देखिएको छ । स्थानीयका माग सम्बोधन गर्ने सहमतिसहित पछिल्लो समय यहाँको फोहोरलाई बञ्चरेडाँडा लिएर व्यवस्थापन थालिएको थियो ।

तर, पछिल्लो समय पुनः स्थानीयवासीले आफ्ना मागबारे बेवास्था गरेको भन्दै आनदोलन गर्ने चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया