देशभर ९३४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, २३ श्रावण

काठमाडौं, २३ साउन । सोमबार पछिल्लो २४ घण्टामा देशभर ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४७० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ५६८६ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया