नर्भिक अस्पतालले बनाएको संरचना भत्काउन निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७९, २३ श्रावण

काठमाडौं, २३ साउन । थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ ।

अस्पतालले लिजमा लिएको जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन महानगरका मेयर बालेन साहले निर्देशन दिएका हुन् ।

काठमाडौं महानगरपालिकाका शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले मेयर साहको निर्देशन अनुसार क्याटिनलगायत संरचना नहटाए नियम अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया