मार्सल आर्टका विश्व च्याम्पियन खेलाडीलाई प्रहरीले हाने गोली
अखबार टुडे
प्रकाशित:
२०७९, २३ श्रावण

काठमाडौं, २३ साउन । ब्राजिलका मार्सल आर्टका विश्व चयाम्पियन खेलाडी लियन्द्रो लोलाई प्रहरीले गोली हानेको छ ।
लोमाथि साओपाउलोको एक नाइट क्लबमा प्रहरीले गोली हानेको हो ।

गोली लागेर घाइते भएका ३३ वर्षीय लियन्द्रोलाई अस्पताल भर्ना गरिएको छ । डाक्टरहरुले उनको ब्रेन डेथ भएको बताएको बीबीसीले जनाएको छ ।

ड्युटीमा नरहेका एक जना प्रहरी अधिकृतले उनीमाथि गोली हानेर फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन् । उनको हत्याको कोसिस गरिएको घटनामा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

लो जियु–जित्सु एथलिट च्याम्पियनसिपको हालसम्मकै सफल खेलाडी मानिन्छ । यो विधामा उनले आठ पटक विश्व विजेता बनिसकेका छन् ।

जियु–जित्सु ब्राजिलको एक मार्सल आर्ट र कोम्ब्याट स्पोर्ट हो । यो ग्राउण्ड फाइटिङ र सबमिशन होल्डमा आधारित छ ।

प्रतिक्रिया