इजरायलमा पुनः हिंसा चर्कियो, कम्तीमा २४ प्यालेस्टिनीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, २२ श्रावण

काठमाडौं, २२ साउन (एजेन्सी) । इजरायलमा एक वर्षपछि पुनः हिंशा भड्किएको छ ।

सन् २०२१ को मे महिनामा इजरायलमा दुई सय प्यालेस्टिनी र एक दर्जन इजरायलीको मृत्यु भएपछि युद्धविराम सम्झौता गरेर युद्ध रोकिएको थियो ।

इजरायलले हवाई हमलामार्फत गाजा स्ट्रीपमा इस्लामिक जिहादका अर्का वरिष्ठ नेताको हत्या गरेको बताएको छ ।

मंगलबार इस्लामिक जिहादका एक जना वरिष्ठ सदस्यलाई इजरायलले हत्या गरेपछि त्यसयता चर्किएको तनावमा कम्तीमा २४ जना प्यालेस्टिनीहरूले ज्यान गुमाएका छन् । अधिकारीहरुका अनुसार मारिनेमा ६ जना बालबालिका रहेका छन् ।

यो इजरेल र प्यालेस्टाइनबीच एक वर्षपछि भड्किएको सबैभन्दा गम्भीर हिंसा हो । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार १२० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

विद्रोहीहरूले शुक्रवार यता इजरायलमा ३५० भन्दा बढी रकेट प्रहार गरेका छन् । गाजाबाट रातभरि इजरेलतर्फ दर्जनौँ क्षेप्यास्त्रहरू प्रहार गरिएको र तीमध्ये अधिकांशलाई रोकिएको इजरेली सेनाले बताएको छ ।

इजरायली सेनाले ‘ब्रेकिङ डन’ नाम दिइएको यस कारबाही एक सातासम्म चल्नसक्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया