प्रधानन्यायाधीश जबरामाथिको महाअभियोगबारे आज संसदमा छलफल हुने
अखबार टुडे
प्रकाशित:
२०७९, २२ श्रावण

काठमाडौं, २२ साउन । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुने बैठकमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगबारे छलफल हुने भएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाअभियोगबारे छलफल हुने उल्लेख छ ।
‘०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने छ’ सम्भावित कार्यसूचीमा उल्लेख छ ।

बैठकमा राष्ट्रपति कार्यालयबाट पास भइ आएका विभिन्न विधेयक प्रमाणीकरणबारे सभामुखले जानकारी गराउने कार्यसूची पनि समावेश छ ।

प्रतिक्रिया