मेलिना राईले तोडिन् सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट, फेसबुकमा के लेखेका छन् ?
अखबार टुडे
प्रकाशित:
२०७९, २० श्रावण

काठमाडौं, २० साउन । केही महिनाअघि गायिका मेलिना राई र गितारिष्ट सञ्जिव बराइलीले ‘इन्गेजमेन्ट’ गरेका थिए ।

उनीहरुले ‘इन्गेजमेन्ट’ गरेको तस्बिर सोशल मिडियामा सार्वजनिक गरेका थिए । गायिका मेलिनाले सञ्जिवसँग इन्गेजमेन्टको तस्बिर सार्वजनिक गरेपछि भनेकी थिइन्, ‘हामीले पहिलो लकडाउनकै बेला इञ्जेगमेन्ट गरेका हौंँ । यसै वर्षभित्र विवाह गर्दैछौँ ।’

तर, उनीहरुबीच ‘इन्गेजमेन्ट’ तोडिएको छ । मेलिनाले सञ्जिवसँग ‘इन्गेजमेन्ट’ तोडिएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वनिक गरेकी छन् ।

मेलिनाले फेसबुकमा के लेखेका छन् ?

बिषय – Engagement तोडिएको जानकारी !

केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।

फेरि सबै engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको engagement तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

प्रतिक्रिया