एआइजी विश्वराज पोखरेलले पाए अवकाश
अखबार टुडे
प्रकाशित:
२०७९, २० श्रावण

काठमाडौं, २० साउन । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले अवकाश पाएका छन् ।
एआईजीको ५६ वर्षे उमेर हदका कारण पोखरेलले शुक्रबारदेखि अनिवार्य अवकाश पाएका हुन् ।

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा आफूभन्दा कनिष्ठ एआईजी धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै वैशाख १९ गते सर्वोच्चमा रिट हालेका थिए ।

सर्वोच्च अदालतले पनि आफ्नो पक्षमा फैसला नदिएपछि उनले २ साउनमा प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका थिए । सर्वोच्चले असार ३१ गते रिट नै खारेज गरिदिएका थिए ।

पोखरेलले पेस गरेको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत हुने पर्नेमा प्रहरी प्रधन कार्यालयले उक्त राजीनामा अघि नै नबढाइ राखेको थियो ।

केही समयपछि आफैं अनिवार्य अवकाशमा जान लागेको भन्दै प्रहरी प्रधान कार्यालयले राजीनामा प्रक्रिया अघि नबढाएको जनाएको थियो ।

अन्ततः ५६ वर्षे उमेरहदका कारण उनी अनिवार्य अवकाशमा गएका छन् । उनी अवकाशमा गएसँगै नेपाल प्रहरीमा एक एआईजीको दरबन्दी रिक्त भएको छ ।

प्रतिक्रिया