परराष्ट्र मन्त्री खड्का मंगलबार चीन भ्रमणमा जाँदै
प्रकाशित:
२०७९, २० श्रावण
काठमाडौं, २० साउन । परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार खड्काको भ्रमणतालिका साउन २४ देखि २६ गतेसम्म रहेको छ । परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच सान्दोङ प्रान्तको छिङ्दावमा साउन २५ गते बुधबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता हुने छ ।
परराष्ट्र मन्त्रालयका अनुसार खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नेछन् । परराष्ट्रमन्त्री खड्का साउन २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार