मोहन वैद्य र धर्मेन्द्र बाँस्तोलाबीच पार्टी एकता गर्ने सहमति
अखबार टुडे
प्रकाशित:
२०७९, २० श्रावण

काठमाडौं, २० साउन । मोहन वैद्य र धर्मेन्द्र बाँस्तोलाबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला ‘कन्चन’सहितको बार्ता टोलीले बैठकमा पार्टी एकता गर्ने सहमति भएको हो ।

आज शुक्रबार बिहान बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन १२ सदस्यीय संयोजन समिति गठन पनि गरेको छ ।

संयुक्त रुपमा वक्तव्य जारी गर्दै वैद्य र बाँस्तोलाले एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेतारकार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

प्रतिक्रिया