चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती माग्ने ६ जना पक्राउ
प्रकाशित:
२०७९, १९ श्रावण
काठमाडौं, १९ साउन । काठमाडौंमा एक चिनियाँ नागरिकलाई अपहरण गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा ती चिनियाँलाई बन्धक बनाइएको थियो ।
उनीहरूले तीन चिनियाँ नागरिकसँग एक करोड फिरौती माग गरेका थिए । पक्राउ परेका उनीहरू सबै नेपाली हुन् ।
परिसरले पक्राउ गरेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन । उनीहरूमाथि म्याद थप भइसकेपछि विस्तृत विवरण सार्वजनिक गर्ने तयारी छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्रीले भने- बीआरआईअन्तर्गत गरिएका सम्झौता अनुसार नेपालले पाउने सबै रकम अनुदान हो
माओवादी बैठक : पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष
दक्षिण कोरियाली राष्ट्रपतिमाथि महाभियोग, आरोप के छ ?
मञ्जु पौडेलको ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक
‘एआईले झुटो सूचना ल्याउँछ भन्ने डर सत्य साबित भएको छैन’